काठमाडौँ । बैंकको ब्याज वृद्धि विरुद्ध काठमाडौंमा उद्योगी व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन्। बैंकहरुले पछिल्लो समय बैंक तथा वित्तीय संघ संस्थाहरुले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने गरि ब्याज वृद्धि गरेको भन्दै विरोध कार्यक्रम गरेको हो।
‘बैंक तथा वित्तीय संघ संस्थाहरुले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने व्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पार्ने खालका गतिविधिहरुविरुद्ध राज्यलाई सचेत गराउन तथा नयामक निकायबाट यी अनुपयुक्त कदमहरुको यथाशक्य चाँडो सम्बोधन होस् भनि ध्यानाकर्षण गराउन विरोध कार्यक्रम गर्न गरिएको हो।
शान्तिपुर्ण मौन विरोध कार्यक्रममा उद्योग वाणिज्यसंघ काठमाडौँ,ललितपुर उद्योसंघसहित विभिन्न बस्तुगत उद्योगीहरुको उपस्थित रहेका छन् ।
बैंकहरुले पहिला जवरजस्ति लगानी गर्ने र अहिले फिर्ता गनुपर्ने बैंकहरुले बताएको नाडाका निबर्तमान अध्यक्ष कुष्ण दुलालले बताएका छन् । उनले अहिले बैंकहरुले शत प्रतिशत व्याजदर बढाएको भन्दै अहिले बैंकले आफुमा नाफा कमाउने हुनु नहुने बताएका छन् ।