काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेर कारोबार भएको थियो। यससँगै, आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य शुक्रबार १० रूपैयाँले बढेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।