Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबार अगाडि बाइकको ठक्करबाट सरकारी अधिकृत आस्था सुब्बाको मृत्यु


    शुक्रबार, कार्तिक १८ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको सिंहदरबार गेट अगाडि मोटरसाइकलको ठक्करबाट एक सरकारी अधिकृतको निधन भएको छ। बिहीबर साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्नेक्रममा पैदलयात्री अनामनगर बस्ने  ती महिलालाई बाइकले ठक्कर दिएको थियो।

    मृत्यु हुनेमा ३२ वर्षीया परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बा रहेकी छन्।

    उनलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।

    मृतक सुब्बाका पति र नाबालक छोरा छन्। सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन्।

    उक्त दुर्घटनामा मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार