Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामसङले ‘ग्यालेक्सी ए०४’ सार्वजनिक गर्दै 


    बिहिबार, कार्तिक १७ २०७९
    920
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा मोबाइल फोन ब्राण्ड सामसङले नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। ‘सामसङ जहिलै उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि परिचित एक कम्पनी हो। सामसङले फल्यागशिप फोनदेखि लिएर इन्ट्री लेभलका उत्पादनहरु सम्मका सबै फोनहरुमा सधैं आफ्ना ग्रहकहरुको लागि केही नयाँ आर्कषक फिचर्स् लिएर आएकै हुन्छ । जसमा यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडैनै नेपाली बजारमा नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरिरहेको छ ।

    यो नयाँ सामसङ ग्यालेक्सी ए०४ को खबरले नेपाली बजारमा चर्चा पाइरहेको छ । यसको मुख्य आकर्षण यसको ५० एमपी क्यामरा रहेको छ । जसले यसलाई नयाँ युवापुस्ताका लागि एक उक्त फोनको रुममा प्रस्तुत गर्ने छ । युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरु हाइ क्वालिटीमा क्याप्चर गर्न दिनेछ ।

    सर्वसुलभ मूल्यमा फोन उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरु ल्याउँदै आएको छ र यस नयाँ ग्यालेक्सी ए०४ स्मार्टफोन पनि सामसङ लाइन अपको एक उत्कृष्ट फोनकोरुपमा चिनिने छ भन्ने अपेक्षा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार