Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६३ वर्षीय वृद्धद्वारा १० वर्षीया बालिका बलात्कृत


    बिहिबार, कार्तिक १७ २०७९
    580
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। तनहुँमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो । 

    स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई ती बालिकालाई लगेर थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार