काठमाडौं। साताको पाचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार आज भने तोलामै ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँ कायम भएको महासंघले बताएको छ।