Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुकुम पश्चिममा स्यालको टोकाइबाट ९ जना घाइते


    बुधबार, कार्तिक १६ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्यालले आतंक मच्चाएसंगै स्यालको टोकाइबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी ९ जना घाइते भएका छन् । उक्त क्षेत्रम स्यालले मान्छेलाई टोक्दै हिडेको बताइएको छ। स्यालले घरमै बसेका तथा बाटोमा हिंड्नेलाई समेत टोकिरहेको छ ।

    घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट-१० का भूपेन्द्र बुढा छन् ।

    घाइतेमध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मङ्गलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए।  

    घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत ल्याइएकाे छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई रेबिजविरुद्धको खोप दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार