Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुलमान घिसिले गरे मुगु वितरण केन्द्रकाे अनुगमन


    बुधबार, कार्तिक १६ २०७९
    595
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गमगाढ वितरण केन्द्रको अनुगमन गरेका छन् । वितरण केन्द्रले अनुगमन गरेपछि उक्त क्षेत्रम विद्युत् उत्पादन बन्द भएसँगै बुधबारदेखि नै दैनिक ५ घण्टा जेनेटरको माध्यमबाट विद्युत् उत्पादन गरेर वितरण गर्ने भएको छ ।

    असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाढ जलविद्युतको क्यानल तथा नहरमा क्षति पुगेको थियो ।

    अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले अवरुद्ध विद्युत् एक महिनाभित्र मर्मतकार्य सम्पन्न गरेर सुचारु गरिने बताए । कार्यकारी निर्देशक घिसिङले मुगुलाई यसै आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने पनि दाबी गरे ।

    वितरण केन्द्र कार्यालयको जानकारी अनुसार ३ सय २० केभी क्षमताको  जेनेरेटरबाट २ सय ५० किलोवाट विद्युत् उत्पादन हुने भएको हो ।

    वितरण केन्द्रका कार्यालय प्रमुख दिनेश पौडेलले उपभोक्ताको सहजताका लागि   वैकल्पिक विद्युत्  उत्पादनका लागि नेपाल विद्युत  प्राधिकरणको जेनेरेटर त्रिशूलीबाट ल्याएर विद्युत्   उत्पादन गर्न लागिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार