काठमाडौं । तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार बढ्दै गएको छ । मंगलबार ५६ अंकको उच्च वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि ७.३२ अंक (०.३८ प्रतिशत) ले बढेर १९३८.३० अंकमा बन्द भएको छ । लगातार पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।
बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ
बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशतले वृद्धि हुँदा, कर्णाली डेभलपमेन्ट बैंकको ८.११ प्रतिशत र जोशी हाइड्रोपवारको ५.९७ प्रतिशतले वृद्धि भएको छ ।
यता सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९६ प्रतिशतले घट्दा महुली लघुवित्तको सेयरमूल्य ३.५ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य २.४५ प्रतिशतले घटेको छ ।