Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले पहिलो पटक ल्यायो डिजिटल मुद्रा


    बुधबार, कार्तिक १६ २०७९
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयन गर्दै डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा  डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो ।

    भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको हो । आरबीआईले यस परीक्षणका लागि ९ वटा बैंकहरु जोडेको गरेको छ ।

    डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरुको खल्तीमा नगद लिएर दौडने बाध्यता हट्ने छ । डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो । अब भने डिजिटल नोटमा कुनै ‘हार्ड करेन्सी’ हुने छैन । ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ । यसले कालोधन थुपार्ने प्रवृत्ति समेत कम हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । निकट भविष्यमा निश्चित रकमसम्मको कारोबार डिजिटल करेन्सीबाट अनिवार्य गर्दा यसले कालोधन राख्ने प्रवृत्तिको अन्त्य हुने र सबै कारोबार रेकर्ड केन्द्रीय बैंकसँग रहने अर्थविद्हरुले बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसको कारोबारलाई सरकारले प्रणालीमार्फत प्रत्यक्ष निरन्तर निगरानी समेत गर्न सक्नेछ ।

    डिजिटल करेन्सी प्रचलनमा आएपनि तत्काल भौतिक मुद्रा भने प्रचलनबाट हराउने छैन । यो डिजिटल मुद्राको लागी कसैलाई भुक्तान गर्नको लागी प्रयोग गर्न सकिन्छ। बैंक खातामा इलेक्ट्रोनिक फारम हुनेछन र मुद्रा नोटहरूसँग पनि साट्न सकिन्छ। पहिलो चरणमा ठूलो कारोबारमा आएको डिजिटल मुद्रा आम सर्वसाधारणमा प्रचलनमा आउन भने केहि समय लाग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार