Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदिरा सेवन गरेर ब्यारेकभित्रै महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने इन्सपेक्टर जेल चलान


    बुधबार, कार्तिक १६ २०७९
    925
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला अदालत धादिङले आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षलाई मंगलबार थुनामा(कारागार) पठाउने आदेश दिएको छ ।

    इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि जबर्जस्ती गर्न  खोजेको आरोप लागेको थियो ।

    पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेको थियो । मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको पीडितको उजुरीमा उल्लेख छ ।

    ढुंगानाविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई मंगलबार नै कारागार पठाइएको जिप्रका धादिङका डीएसपी श्याम खत्रीले बताए ।

    गएको असोज १५ गते राति १ बजेतिर खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप छ । ब्यारेकमा पुगेर यौन सम्बन्धको प्रस्ताव राखेको पीडितको उजुरीमा छ ।

    ४ वर्षअघि इन्सपेक्टरमा बढुवा भएका ढुंगाना पहिलेदेखि नै विवादित पात्र हुन् । कांग्रेस नेताको सिफारिसकै आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाको इन्चार्ज पाएको आरोप उनी माथि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार