एजेन्सी। छिमेकी मूलुक भारतको सर्वोच्च अदालतले बलात्कार र यौन दुर्व्यवहार जस्ता घटनाहरूमा अमानवीय ’दुई औंला परीक्षण’ को प्रयोगमा प्रतिबन्द लगाएको छ। सर्वोच्च अदालतका न्यायाधीश डीवाई चन्द्रचुड र न्यायमूर्ति हिमा कोहलीको इजलासले यस्तो प्रथा जारी रहनु ‘खेदजनक’ रहेको भन्दै ‘अदालतले पटक पटक बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेका मुद्दाहरूमा दुई औंला परीक्षणको प्रयोगलाई अस्वीकार गरेको छ।
यस परीक्षणले महिलालाई पुनः पीडित र पुनः आघात गरेको भन्दै अदालतले अगाडि भनेको छ, ‘दुई औंला परीक्षण गर्न हुँदैन ’ फैसलामा अगाडि भनिएको छ, ‘यौन सक्रिय महिलालाई बलात्कार गर्न सकिँदैन भन्ने गलत धारणामा यो परीक्षण आधारित छ। सत्यबाट थप केही हुन सक्दैन ।’