काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का आमा बनेकी छन्। उनलाई पुत्री लाभ भएको छ । मंगलबार दिउँसो उनले ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् ।
केही दिन अघि मात्रै उनको दही चिउरा र बेबी सावर कार्यक्रमको आयोजना गरिएको थियो ।
श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग प्रेम विवाह गरेकी थिइन् ।