काठमाडौँ। ललितपुरमा एटिएम मेशिन तोडफोड गर्ने ३ जनालाई प्रहरीले पक्राउ परेको छ। बैंकको सिसिटिभी फुटेजको माध्यमबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल ललितपुर महानगर-१७ ग्वार्को बस्ने ३१ वर्षीय का वसन्त तिवारी, सोही स्थानकै हाल काठमाडौँको सुन्धारामा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी घर भई सुन्धारा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन्।
तीनैजनाले कात्तिक ४ गते राति साढे १२ बजेतिर ललितपुरको कुमारीपाटीस्थित रहेको एनएमबी बैंकको एटिएममा तोडफोड गरेका थिए।