Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या


    मंगलबार, कार्तिक १५ २०७९
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरमा श्रीमतीलाई अपशब्द बोलेको भन्दै एकजना पुरुषले खुकुरी प्रहार गरी आफ्नै छिमेकीको हत्या गरेका छन्। ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरी हत्या भएको हो । उक्त हत्या अभियोगमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद चर्किदा राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ । 

    यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार