Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान सुरु


    मंगलबार, कार्तिक १५ २०७९
    915
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। एक नाबालिगमाथि पटक-पटक बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथि आज सुनुवाइको क्रम सुरु भएको छ । उनको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । मंगलबार जिल्ला न्यायाधीश घिमिरेको इजलासमा उक्त सन्दिपविरुद्ध पेसी तोकिएको हो । 

    नाबालिका बलात्कार आरोपमा लामिछाने गत २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध नाबालिकाले ५ भदौमा प्रहरीमा उजुरी दिएकी थिइन् । यसैगरी १७ वर्षकी नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि मुद्दा हिजो सोमबार दायर भएको थियो । 

    सन्दीप लामिछानेको यो मुद्दामा आजै थुनछेक बहस हुने बताइएको  । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपको एनआईजी एसिया बैंकमा रहेको खातामाको रकम र उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको बताइएको  छ। 

    सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजायको माग राख्दै अदालत अभियाेगपत्र पेस गरेकाे थियो। सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार