Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निगमद्वारा सोमबार पनि दिल्लीका २ उडान रद्द 


    सोमबार, कार्तिक १४ २०७९
    525
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुइटा उडान रद्द गरेको छ । निगमले  दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र परेका छन्। 

    निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई अहिले बिहान (सोमबार) को आरए२०५/२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको आरए२१७/२१८ काठमाडौं–दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ । आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ ।

    निगम प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयाम (विन्टर सेड्युल) का लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबारको दिउँसोको उडान र सोमबार र बिहीबारको बिहानको उडान कटौतीमा पारेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नुपरेको हो । त्यस्तै आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीहरुलाई गरेको एक अधिकारीले बताए ।

    आइतबार दिउँसोको उडानका लागि टिकट काटेका २ सय ५४ मध्ये १ सय ४ जनालाई अन्य वायुसेवामार्फत पठाइसकेकाले बाँकी रहेका १ सय ५० जनालाई निगमले सोमबार दिउँसो गर्न लागेको आरए२१७/२१८ नम्बरको उडानबाट दिल्ली पठाउँदै छ ।

    त्यस्तै बिहानका लागि तय गरिएको तर रद्द गरिएको आरए२०५/२०६ नम्बरको उडानका लागि टिकट लिइसकेका १ सय ५० जनालाई पनि दिउँसोकै उडानबाट पठाइने भएको छ । दिउँसोको वाइडबडीमा यात्रु क्षमता २ सय ७४ जना मात्रै भएको तर यात्रु बढी भएकाले अन्यलाई रि–रुटीङ गर्नुपरेको निगमले भनेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार