Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एसको घोषणापत्र सार्वजानिक 


    सोमबार, कार्तिक १४ २०७९
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाललगायतका नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।

    नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरूको रक्षाको लागि आफूहरूको पहिलो प्राथमिकता भएको घोषणापत्रमा उल्लेख गरेको छ ।

    अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले प्रणालीको सुधारलाई जोड दिएको छ ।

    घोषणापत्रमा भनिएको छ, ‘यो मुलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्नसक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

    समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ ।

    ’२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो,’ घोषणापत्रमा भनिएको छ ’त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार