Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भक्तपुरमा लागूऔषधसहित एक युवक पक्राउ 


    सोमबार, कार्तिक १४ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए। 

    उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागूऔषधसहित नियन्त्रणमा लिएको उनकाे भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार