Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वतन्त्रकी तोसिमाको उम्मेदवारी खारेज भएपछि माइतीघरमा प्रदर्शन


    सोमबार, कार्तिक १४ २०७९
    605
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी नेतृ डा तोसिमा कार्कीका समर्थकले डा. तोसिमाको मनोनयन खारेज गरेपछि निर्वाचन आयोगविरुद्ध सोमबार प्रदर्शन गरेको छ। राजधानीको माइतीघरमा तोसिमाका समर्थकले ‘युवालाई साथ दिउँ, नयाँ युग पाउँ’ प्ले कार्ड बोक्दै प्रदर्शन गरेका हुन्।

    निर्वाचन आयोगले ललितपुर क्षेत्र नं ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको थियो। आयोगले तोसिमाको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरेको थियो। सोही विषयमा निर्वाचन आयोगले प्रतिनिधि सभातर्फकी उम्मेदवार डा. कार्कीको मनोनयन खारेज गरेपछि उनका समर्थक विरोधमा उत्रिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो।

    मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो।

    Toshima_Rojan_Pahilopost (5).jpg
    undefined
    Toshima_Rojan_Pahilopost (2).jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार