काठमाडौँ । आज सोमबार बिहान रुपन्देहीमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले छठ घाट जाने क्रममा ठक्कर दिंदा ३५ दिनको शिशुसहित ३ जनाको मृत्यु भएको छ ।
उक्त कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।
कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।
सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।
डीएसपी श्यामु अर्यालका अनुसार ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको छ ।