Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण साप्ताहिक पत्रिका प्रकाशन बन्द 


    शुक्रबार, चैत्र ७ २०७६
    4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ७ चैत । चीनबाट फैलिएको नोवल कोरोना भाइरसको प्रभाव नेपाली सञ्चार माध्यममा समेत परेको छ । संक्रमणको त्रासको असामान्य अवस्थामा रहेको भन्दै नेपालका दुई दर्जन भन्दा बढी साप्ताहिक पत्रिका बन्द गर्ने निर्णय गरेको छ।

    आज साप्ताहिक पत्रिकाका सम्पादकले सामूहिक सूचना प्रकासित गरी पत्रिका बन्द गरेको हो । सूचनामा उल्लेख गरिएको छ , 'कोभिड १९ को कारण विश्वभर असामान्य स्थितिको पैदा भएको छ । यस अवस्थामा पत्रपत्रिकाको नियमित अवस्थामा कठिन अवस्था सृजना भएकोले पैस काउन्सिल नेपाललाई राहत स्वरुप निर्णय लिइदिन हामी आग्रह गर्दछौँ।'

     पत्रिकाका सम्पादकले सामूहिक सूचना निकालेर कोरोना भाइरस त्रासका कारण उत्पन्न परिस्थितिका कारण पत्रिका बन्द गरेको जानकारी गराएका छन् ।

    यसरी बन्द हुने पत्रिकामा जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत रहेका छन् ।

    उनीहरुले प्रकाशन बन्द रहेका पत्रपत्रिकालाई बर्गीकरणमा सामेल गराउन भूकम्प र नाकाबन्दीमा जस्तै विशेष निर्णय गरिदिन काउन्सिललाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार