काठमाडौँ। आज आइतबार बिहान सवा ५ बजे वीरगन्ज महानगरपालिका-१० घडिअर्वा पोखरीको पश्चिमतर्फको नालामा एक जना पुरूष मृत फेला परेका छन्।
मृतक पकाहामैनपुर गाउँपालिका वडा नं १ ढोरे बस्ने ३५ वर्षीय राजु दास छन्। उनी नालीमा मृत अवस्थामा फेला परेका हुन्।
घडिअर्वा पोखरीमा छठ पर्व मनाउन बिहानै देखि भक्तजनको घुँइचो लागेको थियो। छठ मनाउन आएका भक्तजनले शव फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरी अनुसार घटना शंकास्पद छैन। प्रहरीले मुचुल्का उठाएर शव पोष्टमर्टमको लागि नारायणी अस्पताल लगिएको थियो।
पोष्टमर्टमपछि आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ। यस घटना बारे थप विवरण आउन बाँकी रहेको डिएसपी गिरीको भनाई छ।