काठमाडौं । भारतले पछिल्लो ४ महिनादेखि चिनी निर्यातमा लगाउँदै आएको प्रतिबन्ध अझै एक वर्ष लम्ब्याएको छ
भारतले आफ्नो उत्पादनमा निर्यात प्रतिबन्धदेखि निर्यातमा कर लगाउँदै गत शुक्रबार एक सूचना निकालेर भारतले चिनी निर्यात प्रतिबन्ध पनि लम्ब्याएको छ । अब यस प्रतिबन्धलाई थप १ वर्ष लम्ब्याउँदै सन् २०२३ को अक्टोबरसम्म चिनी निर्यात प्रतिबन्ध हुनेछ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो ।
विश्व बजारमा भारतबाट चिनी निर्यात धेरै भएको र घरेलु बजारमा चिनीको मूल्य अकासिएको भन्दै सुरुमा निर्यात रोकेको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।
नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो ।