Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लागुऔषध ओसारपसारमा सघाएको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ


    शुक्रबार, कार्तिक ११ २०७९
    860
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । कैलाली कारागार भित्रका कैदीबन्दीका लागि भारतबाट लागुऔषध ओसारपसारमा सघाएको आरोपमा प्रहरी सहायक वल्दारसहित २ जना पक्राउ परेका छन् ।

    ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवलदार अपिल भाट पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले निजलाई चौधरीको बयानपछि प्रहरी सहायक हवलदार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

    कारागारमा आश्रीत कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीले बताए ।

    सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरी समक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार