Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर किने


    शुक्रबार, कार्तिक ११ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सिइओ तथा विश्वकै धनी व्यक्ति एलन मस्कले सोसल मिडिया ट्विटर खरिद गरेर ट्विटरको मालिक बनेका छन्। 

    मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका हुन्। ट्विटरको स्वामित्व आफ्नो एकल नाममा आएपछि उनले लेखेका छन्- चरो अब स्वतन्त्र भयो।

    ट्विटरको लोगोमा एउटा चराको आकार छ। त्यसैलाई संकेत गर्दै मस्कले चरा स्वतन्त्र भएको दाबी गरे। 

    स्वामित्व आफूले लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन्।

    द न्युयोर्क टाइम्सका अनुसार मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार