Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  मकवापुरमा अज्ञात व्यक्तिबाट गोली प्रहार,  एक जना गम्भीर घाइते


    शुक्रबार, चैत्र ७ २०७६
    680
    Shares
  • १ मिनेट पाठ
  • मकवानपुर, ७ चैत । मकवानपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

    कैलाश गाउँपालिका वडा नंबर ८ का जगत मोक्तान गम्भीर घाइते भएकोे प्रहरीले जनाएको छ । 

    आफ्नै घरमा बसेको बेला मोक्तानमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    घरमै बसेको अवस्थामा मोक्तानलाई पछाडिबाट गोली हानिएको कैलाश गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङले जानकारी दिए ।

    उनका अनुसार मोक्तानको अवस्था गम्भीर रहेको छ । त्यस घटनाका दोषीलाई प्रहरीले खोजीकार्य गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार