Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी २० विश्वकप : पाकिस्तानमाथि भारतको जित


    आइतबार, कार्तिक ६ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुइपक्षिय सिरिज नभएको बर्षौ भइसकेको छ ।

    यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् ।

    जस अनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

    भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

    विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई दुई विकेट लिए ।
    पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

    उसका लागि सान मसुदले ५२ तथा इफ्तिकर अहमदले ५१ रनको पारि खेले । अर्सदीप सिंह र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।

    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार