काठमाडौँ। बारामा खाने तेलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का सुकमान तामाङ, रौतहट गौर नगरपालिका–१ का ३८ बर्षीय रमेशकुमार जयसवाल, रौतहटकै वृन्दावन नगरपालिका–६ का ३८ बर्षीय शेख कलाम र ४७ बर्षीय वैद्यनाथ साह तेली रहेका छन्।
पक्राउ परेका तामाङ ट्रक चालक हुन् भने बाँकी तीन जना व्यापारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
परवानीपुर गाउपालिका–५ स्थित मनोकामना आयल एण्ड फुड प्रोसेसिङ प्रालिबाट सिन्धुलीको कमलामाई नगरपालिकास्थित रोविन सप्लायर्सका लागि पठाइएको तेल बजार मूल्य ४९ लाख ४ हजार ९ सय १२ रुपैयाँ रहेको तेल उनीहरुले रौतहटमा ३९ लाख रुपैयाँमा बिक्री गरेका थिए।
तेल ढुवानीका लागि प्रयोग गरिएको प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रक समेत प्रहरीले बरामद गरेको छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ।