Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मदिरा आयात खुल्ला गर्न प्रस्ताव गर्ने पर्यटनमन्त्रीविरुद्ध उजुरी


    शुक्रबार, कार्तिक ४ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठविरुद्ध मदिरा आयात खुल्ला गर्न प्रस्ताव गरेको आरोपमा कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    लामो समयदेखि विदेशी मदिरा आयातको रोक लगाएसँगै व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन माग गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।

    निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

    ‘पर्यटनसँग मदिरा जोडिएकाले मदिरा आयात प्रतिबन्ध खुलाउन प्रस्ताव लगेको हुँ’ मन्त्री श्रेष्ठले भने, ‘प्रस्तावपछि प्रधानमन्त्री सकारात्मक हुनुभएको छ, तिहारपछि यो विषय छलफल गरेर निर्णय हुनेछ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार