Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै 


    शुक्रबार, कार्तिक ४ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले आउने कात्तिक ६ गते आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न हो। बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ ।

    यसैगरी बैंकले कात्तिक १४ गते बिक्री गर्ने गरी सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । बैंकले आगामी आइतबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल गर्ने छ। यस्तै यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

    ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार