काठमाडौँ। कार्तिक ४ गते साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामै ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
यता तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।