काठमाडौं। साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १२ दशमलव ८१ अंकले घटेर १ हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा बन्द भएको छ ।
यस दिन होटल र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको तीन करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशतले अर्थात् कम्पनीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २१३ रुपैयाँमा झरेको छ र अर्को साम्लिङ पावर कम्पनीको सेयर ६ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि अभियान लघुवित्त र सयपत्री हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
आज अभियान लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ।
त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य २३५ रुपैयाँ ६० पैसा पुगेको छ।