Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पहिराेमा ज्यान गुमाउने मृतकका परिवारलाई  प्रदेश सरकारले २५ हजार राहत दिने 


    बुधबार, कार्तिक २ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। यस वर्षको असोज १९ देखि २४ सम्म परेको अविरल वर्षाले पहिरो जाँदा उक्त पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले तत्काल २५ हजार रुपैयाँ काजकिरिया खर्चस्वरुप दिने भएको छ । 

    तत्कालका लागि किरिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले परिवारलाई रकम उलब्ध गराउन लागेकाे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए। 

    मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्च बापत राहत दिन सरकारले यो व्यवस्था गरेको बताए ।

    पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए । अझै १९ जना बेपत्ता छन् । हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो । यसैगरी, प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरू उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताए  । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार