काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि डेंगु परीक्षण गराएका उनलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।
अहिले केसीको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए । हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।