Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीको कर्मैयामा सहकारी प्रमुखलाई गोली हानेर लुटेरा फरार


    बुधबार, कार्तिक २ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बुधबार बिहान सर्लाहीको कर्मैयास्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखलाई गोली प्रहार गरेर लुटेरा समूह फरार भएको छ ।

    आज बिहान साढे १० बजेतिर बागमती नगरपालिका–१, मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेको हो । तीनजनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएका थिए ।

    कार्कीले प्रतिकार गर्ने बित्तिकै लुटेरा समूहले चार गोली प्रहार गरेको र त्यसपछि लुटेरा समूह भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् । 

    कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको छ । उनको सर्लाहीमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार