Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना कति ?


    बुधबार, कार्तिक २ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । 

    राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार