Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याराथन धाविका पुष्पा भण्डारी घाइते, म्याराथनको स्वर्ण विन्द्रालाई


    मंगलबार, कार्तिक १ २०७९
    565
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । मंगलबार बिहान भएको प्रतियोगितामा  उनी दौडिरहेको बेला उनको खुट्टा अचानक फ्याक्चर भएको थियो।

    भण्डारीले करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् ।

    एपीएफ क्लबमा आवद्ध पुष्पले १३ औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । 

    यसपटक चोटका कारण पुष्पले नवौं राष्ट्रिय खेलकुदतर्फ म्यारथनको स्वर्ण पदक हात पर्न सकिनन्।    

    महिला म्यारथनमा एपीएफकी विन्द्रा धन्के श्रेष्ठ देसारले ४२.१९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै  स्वर्ण पदक जितेकी छिन् ।

    Marathon_DhCxPdOc9E.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार