Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यहाँका हरेक समस्या मलाई थाहा छ : नेता पौडेल


    मंगलबार, कार्तिक १ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्या आफू अवगत रहेको र त्यसको समाधानका लागि आफूमाथि भएको जनताको विश्वासलाई टुट्न नदिने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीति क्षेत्रमा विगतदेखि लागेको बताए । 

    नेता पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन्। वरिष्ठ नेता पौडेलले भने, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।”  उनले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको दाबी गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार