Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीकी १७ वर्षीया बालिका १ महिना देखि बेपत्ता


    मंगलबार, कार्तिक १ २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बैतडीकी एकजना किशोरी १ महिना भन्दा आघिदेखि बेपत्ता भएकी छन्। 

    जिल्लाको सुर्नया गाउँपालिका-४ की १७ वर्षीया सिर्जना लोहार करिब ४० दिनदेखी बेपत्ता भएकी परिवारको भनाई छ । गत २३ भदौमा गौरा पर्वबाट हराएकी लोहार अझै फेला नपरेको उनका बुवा बिरा लोहारले बताए । 

    छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरे पनि अझै पत्ता नलागेको उनको गुनासो छ । रातिको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरे पनि नभेटिएको उनकी आमा जानकी लोहारले बताइन् । 

    छोरी हराएकै मितिदेखि एकजना गाउँले युवकसमेत गाउँमा नभएकाले दुवैजना भागेको आशंका गरिएको छ । बालिका हराएको विषयमा प्रहरीमा जानकारी आएकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार