Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


    मंगलबार, कार्तिक १ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

    बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ । 

    दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली  रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।  राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

    बुधबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार