Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा २.६१ अंकको गिरावट


    सोमबार, असोज ३१ २०७९
    650
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि बैंकिङ उपसूचकमा वृद्धि भएपनि बजार परिसूचक नेप्से भने घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंकले घटेर  १८५६.३१ अंकमा बन्द भएको छ ।

    हिजो आइतबार ९.६९ अंकले घटेको नेप्सेमा बैंकिङ उपसूचक भने बढेको थियो । तर दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

    यता कारोबार रकम भने घटेर ५१ करोडमा झरेको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेर ५१ करोड ५८ लाख १९ हजारमा सीमित भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख १९ हजारको कारोबार हुँदा प्रभु बैंकको २ करोड ६१ लाख ८ हजारको कारोबार भएको छ ।

    यस्तै, गत साता बैंकर्स संघले निक्षेपको ब्याजदर थप बढाउन नहुने निष्कर्ष निकाल्यो र १ कात्तिक मंगलबारदेखि लागू हुने ब्याजदर प्रकाशित गर्दा सबैं बैंकले ब्याजदर स्थिर राखे । सेयर बजारमा सूचिकृत कम्पनीको ‘रिटर्न अन इक्विटी’को रेसियोमा ब्याजदर पुगेपछि सेयर लगानीकर्ता भने यतिबेला ‘पेनिक’ बनेका छन् । 

    सोमबार सेयर बजारमा एक सय ८३ कम्पनीको सेयर कारोबार भएकोमा एक सय २४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ५३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार