काठमाडौं । मानवशास्त्री ओम गुरुङको ७० वर्षको उमेरमा निधन भएको छ ।
गुरुङको ललितपुरस्थित हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा आज सोमबार निधन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।
उनका सन्तानहरु विदेशमा रहेका र तत्काल नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने छ।