Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  चुनाव प्रचारप्रसार गर्दै विनोद चौधरी


    सोमबार, असोज ३१ २०७९
    945
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपालका प्रख्यात उद्योगपति एवं नेपाली कांग्रेस नेता विनोद चौधरी चुनावी प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरी नयाँ शैलीबाट मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुटेका छन् । 

    सामाजिक सञ्जालबाट चुनावी प्रचारको फोटो सार्वजनिक गरेका चौधरीको प्रचार शैलीबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ । 

    घरदैलो अभियानकै क्रममा रहेका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताए । उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताएका छन् । देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै किसानका समस्या हल गर्न आफू लाग्ने उनले बताए । 

    चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए । 

    यस्तै निर्वाचन आयोगले आगामी कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गर्न नपाउने यदि प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार