Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयोगले दियो कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने चेतावनी


    सोमबार, असोज ३१ २०७९
    785
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गर्न नपाउने यदि प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ ।

    कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म अध्ययन गरिरहेको र त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्नेतर्फ आयोगले सतर्क गराएको छ ।

    निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पस्ट व्यवस्था रहेको बताए ।

    ‘राजनीतिक दलका प्रतिनिधि समेतको सहभागितामा बनेको निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ भनेको छ.

    यस्तै आयोगको अनुसार कात्तिक १८ भन्दा अघि घरदैलो गर्न भने छुट रहेको छ । तर त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ जनाभन्दा बढी जान पाइने छैन । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार