Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भान्साको झ्यालको डण्डी काटेर सुधार गृहमाबाट भागे ५ किशोर


    सोमबार, असोज ३१ २०७९
    445
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर फरार भएका छन् ।

    विभिन्न मुद्दाका अभियोग प्रमाणित भई सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ । भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी  र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए ।

    फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने प्राबधान रहेको छ । सुधार गृह स्रोतका अनुसार उनीहरु भान्साको झ्यालको डण्डी काटेर भागेका हुन् । 

    उक्त बालसुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ । भागेकाहरुको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार