एजेन्सी । चर्चित बलिउडकी अभिनेत्री आलिया भट्ट वर्तमान समय गर्भवती अवस्थामा रहेकी छन्। हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय र आराम गरिरहेकी छन्। आलिया आफ्नो पहिलो सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् । आलियाले सन्तान जन्मिएपछि फिल्मबाट भने लामो समय ब्रेक लिने तयारीमा छिन् ।
अभिनेता रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । रणवीर र आलिया अहिले सन्तान लाभको प्रतीक्षामा रहेका छन् ।
आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष फिल्मबाट टाढा रहने निर्णय लिएकी छिन् । आलियाले रिलिज हुने तयारीमा रहेकी केही फिल्मको सुटिङ पुरा गरिसकेकी छिन् । उनी फिल्ममा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्ने छिन् ।