Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सयपत्री हाइड्रोपावरको सेयर कारोबार आजबाट सुरु


    सोमबार, असोज ३१ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार हुन नसकेको सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि फेरी सुरु भएको छ । 

    सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको हो । 
     
    सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता सेयर सूचीकृत भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार