एजेन्सी। लामो समयदेखि रुस र युक्रेन युद्धमा जारी रहेका छन्। रुसले युक्रेनमाथि पटक-पटक आत्मघाती हमला गर्दै आएको युक्रेनी संचारकर्मीहरुले जनाएका छन्।
आज बिहानै युक्रेनको राजधानी किभमा ड्रोनबाट हमला भएको युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले बताएका छन् । युक्रेनको राजधानीको मध्य शेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोटहरू सुनिएको बताइएको छ । विस्फोटको युक्रेनले निन्दा गरेको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान साढे ६ बजेदेखि ७ बजेको अवधिमा रुसले हमला गरेको थियो । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए ।
हमलाको कारण क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ । यस्तै रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताएका छन् ।