काठमाडौँ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा सोमबार जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
उक्त जेसिबी आज बिहान १० बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।
कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर सडकबाट करिब ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।